ओखलढुंगाको सिद्धिचरण नगरपालिका १० बेतेनीमा आगलागीमा परेर आमा–छोराको मृत्यु भएको छ ।

आगलागीमा परेर करिब ५५ वर्षीया पुन्यकुमारी धमला र उनका १५ वर्षीय छोरा कन्चन धमलाको मृत्यु भएको हो ।

सोमबार दिउँसो बाहुनडाँडास्थित खरबारीमा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पनि पुष्टि गरेको छ ।

केही दिनअघिदेखि नजिकैको बसाहा हरिबोले सामुदायिक वनमा लागिरहेको आगो अनियन्त्रित भएर गाउँ नजिकैको खर वनमा प्रवेश गरेको थियो ।

तपाईको प्रतिक्रिया