बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका–३ पुर्कोटमा सोमबार साँझ भारी वर्षातसँगै परेको चट्याङले लागेर ५६ वर्षीया कुम बहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले बताए ।

घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ परेपछि घाइते भएका पुनलाई बुर्तिबाङ स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको प्रहरी निरीक्षक विकले बताए ।

तपाईको प्रतिक्रिया