कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् । उनले आइतबार झापाकी स्नेहा दंगालसँग लगन गाँठो कसेका हुन् ।

स्नेहा पेसाले नर्स हुन् । उनले  भक्त्तपुरको एक पार्टी प्यालेसबाट विवाह गरेका हुन् । उनीहरूको मागी विवाह भएको बताइएको छ ।

घर परिवार र नजिकका आफन्तलाई मात्रै बोलाएर उनले विवाह गरेको बुझिएको छ ।

बलेका सहकर्मी हरिस निरौला ‘कक्रोज’ भन्छन्, ‘कपनबाट जन्ती लिएर भक्तपुर आएका हौं । हतारको बिहे भएकाले थोरै उपस्थित छौं ।’

तपाईको प्रतिक्रिया