रंगेली । मोरङको रंगेली नगरपालिका–९ धनजुवामा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । खेतमा घाँस काट्ने क्रममा २८ वर्षीया साकरो हेमरमको मंगलबार दिउँसो मृत्यु भएको हो ।

रंगेली प्रहरीका अनुसार दिउँसो १२ः३० बजे उनी खेतमा घाँस काटिरहेको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

यसैगरी २२ वर्षीया बिनिता हेमरमको समेत स्वास्थ्यमा समस्या देखिएको छ । उनको चट्याङपछि कानबाट रगत बगेको छ । उपचारका लागि उनलाई रंगेली अस्पतालमा भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया