ताप्लेजुङमा रहेको पाथीभरा मन्दिर मुलुककै प्रसिद्ध धार्मिक तथा तीर्थस्थल हो । हिन्दू र बौद्ध दुवै धर्मालम्बीहरुको तीर्थस्थलको रुपमा रहेको पाथीभरा मन्दिर १२ हजार फिट उचाइमा रहेको छ । यो देवीको मन्दिर हो ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको टुप्पोमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ रहेको बताउने गरिन्छ । यो देवीको मन्दिर भइकन पनि मन्दिर परिसर तथा आसपासको क्षेत्रमा अहिले माछामासु बिक्री तथा खान प्रतिबन्ध लगाइएको छ ।

कारण बन्यो, तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितका व्यक्तिको मृत्यु । तेह्रथुम आठराइ चुहानडाडामा रहेको थुम्की डाँडा विमानस्थल निर्माणको स्थलगत निरीक्षण, सम्बाव्यता अध्य्यन र स्थानीयसँगको छलफल गरेर मन्त्री अधिकारी पाथीभरा दर्शन गर्न गएका थिए ।

पाथीभराको दर्शन गरेर फर्कने क्रममा तत्कालीन पर्यटन मन्त्री अधिकारीसहित सवार हेलिकप्टर दुर्घटनामा परेको थियो । ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर दुर्घटना भएर खसेको थियो । सो घटनामा सबैको निधन भएको थियो ।

यो घटना हो, १५ फागुन २०७५को हो । पाथीभरा दर्शन गर्न आउनु अघि मासु खाएको स्थानीयको बुझाइ रहेको छ । पाथीभरामा मासु प्रतिबन्ध लगाउनुमा विभिन्न कारण मध्ये अधिकारी सवार हेलिकप्टर दुर्घटना पनि हो । यद्यपी पाथीभरमा बलि चढाउन र चढाएको मासु खान भने प्रतिबन्ध लगाइएको छैन ।

तपाईको प्रतिक्रिया