मोरङको बुढिगंगा गाउँपालिका वडा नं ४ स्थित कोशी लोकमार्गमा जिल्ला प्रशासन कार्यलय माेरङकाे प्रमुख प्रेमप्रसाद भट्टराईकाे सभापतित्वमा सवारी चालक तथा सह चालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आथिति र बुढीगंगा गाउँ पालिकाकाे अध्यक्ष जितनारायण थापा मगरकाे विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको थियो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथि अधिकारीले सवारी साधन हाम्रो दिनचर्यालाई सहज बनाउन अति आवश्यक भएको तर सवारी साधनबाट हुने दुर्घटना हाम्रो सामु ठुलो चुनौतीकोरुपमा रहेको छ । यस्ता विविध कारणबाट हुने सवारी दुर्घटनाहरु मध्ये सवै भन्दा बढी चालकको लापर्वाहीको कारणबाट भएको तथ्यांकले देखाउछ । ति मध्ये कतिपय दुर्घटनाहरु चालकहरुको स्वास्थ्य अवस्था कमजोर भएर पनि हुने गरेको कारण एउटा स्वस्थ्य चालकले मात्र सुरक्षित यात्रा सुनिश्चित गर्न सक्छ भन्ने उद्धेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल््ला ट्राफिक प्रहरी कार्यालय मोरङ र बुढिगंगा गाउँपालिका तथा बिराट टिचिङ अस्पतालको सहकार्यमा संचालन भएको स्वास्थ्य शिवरमा ५० जना सडक प्रयोगकर्ता ५५ जना चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो भने ११ जना सवारीका चालकहरुले लापसे सेवन गरेको पाईएकोले आवश्यक कारवाहीको लागी नियन्त्रणमा लिईएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यावस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राजन लम्साल बिभिन्न सुरक्षा निकायका प्रमुखहरु स्थानिय जनप्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया