माेरङकाे बुढीगंगा गाउँपालिका वडा नं ४ मा स्थित सरस्वती अाधारभूत विद्यालयमा बुढीगंगा गाउँपालिकाकाे अायाेजना र नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरको सहयोगमा एक दिने निःशुल्क स्वाथ्य शिविर सम्पन्न भएकाे छ।
३ सय जना भन्दा बढी लाभान्वित भएकाे निशुल्क स्वास्थ्य शिविरमा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरको प्रमुख आतिथ्यमा बिपि कोइराला बिज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. सन्जीव कुमार शर्माले इको, फोक्सो, इसिजी र सुगर टेस्ट लगायतका स्वास्थ्य उपचारमा सहयोग पुर्याएको थियाे ।
उक्त शिविरमा निःशुल्क औषधि पनि वितरण गरीएकाे थियाे। कार्यक्रममा नोना कोइराला स्मृति प्रतिष्ठानकोअध्यक्ष श्री पूनम कोइराला, वडा न. ४ का अध्यक्ष शसिकान्त चौधरीको उपस्थित रहेको थियो।
डा.शेखर कोइरालाले आफ्नो आमाको नाममा बुढीगंगा गाउँपालिकाका प्रत्येक वडाहरुमा निशुल्क स्वास्थ शिविर आयोजना गरिराख्ने भएको गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले बताउनु भयो।
अध्यक्ष थापा मगरका अनुसार प्रत्येक महिना यस गाउँपालिकाका ७ सय भन्दा बढी मानिसले स्वास्थ्य उपचार पाइराखेका छन् । आजकाे शिविरबाट २ जना मुटुका जटिल बिरामी पत्ता लागेर उहाँलाई काठमाडौं पठाउने तयारी भइरहेको जानकारी दिनु भयाे।
Tags:























