इटहरी : कोशी प्रदेश सरकारको बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्नका लागि प्रदेश प्रमुखलाइ सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार बिहान बसेको बैठकले माघ ७ गते अधिवेशन बोलाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजे बैठक बस्ने निर्णय भएअनुसार बैठक आह्वान गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया