विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ डकुवा डाँडाबाट प्रहरीले शनिबार राति २५ किलोग्राम गाँजा बरामद गरेको छ ।
चन्द्रदेव मण्डलको घरको कोठामा लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध गाँजा लुकाएर राखेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले मण्डलको घरमा राति १० बजेतिर छापा हानेको थियो ।
घरमा छापा हान्ने क्रममा २५ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार गाँजा बरामद गरेर घरधनी मण्डललाई पनि पक्राउ गरिएको छ ।
मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया