पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी खोलामा पुल भासिएको स्थान नजिकैबाट दुईतर्फी डाइभर्सन बनाएपछि यात्राको अवधि छोटिएको छ ।
पहिले पुल छेउँबाटै डाइभर्सन नहुँदा लामो यात्रा गर्नुपर्ने बाध्यता थियो । ‘गएरातिदेखि पुलको छेउँमै ह्युमपाइप राखेर दुईतर्फी डाइभर्सन बनेपछि करिब एक–डेढ घण्टा यात्रा छोटियो,’ नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भने ।























