पीएचडी नसकिँदै डाक्टर लेखेपछि विवादमा तानिएका त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले पदबाट राजीनामा दिएका छन् ।
पीएचडी नसकिँदै डाक्टर लेखेर सह–परीक्षा नियन्त्रककाे नियुक्ति लिएपछि उनको आलोचना भएको थियो । आलोचना भएपछि उनले राजीनामा दिएका हुन् । विश्वविद्यालयले पनि उनकाे विषयमा छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ । विवादमा तानिएपछि प्रसाईंले राजीनामा दिएको त्रिवि स्रोतले जानकारी दिएको छ ।उनी मानविकी संकायबाट पीएचडी गरिरहेका छन् । भाइबा सकिए पनि उनले थेसिस बुझाएका छैनन् ।























