विराटनगर । मोरङको उर्लाबारीमा झापा दमक ७ का एक पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा दमक–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएपछि उनी सामान्य घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना आइतबारको हो । थापाको टाउको, हातको पञ्जासहित शरीरका भागका जलेको थियो । विराट टिचिङ अस्पतालमा उपचारपछि उनको अवस्था सामान्यउन्मुख भएको प्रहरीको भनाई छ ।

अन्नपूर्ण खाजा घर झापाको दमक नगरपालिका–३ घर भएकी २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गरेकी हुन् ।विनोदले प्रेमिकाले धोका दिएको भन्दै त्यहाँ आएर आगो लगाएका हुन् । आगो लगाएका उनी विवाहित रहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया