१२ वर्षीय बालकले गरे ३ वर्षीया बालिकाको
बलात्कार प्रयास, रोइकराइ गरेपछि हत्या
जाजरकोटमा एक १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन् । जाजरकोटको बारेकोट गाउँपालिका–७ स्यालामा उक्त घटना भएको हो ।
बुधबार राति करिब १० बजेतिर ती बालकले बालिकाकाथि बलात्कारको प्रयास गरेका थिए। बालिकाले रोइकराइ प्रतिकार गर्दा बाककले धारिलो हतियारले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट खुलेको जाजरकोट प्रहरीले जनाएको छ ।
घटनामा संलग्न १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार बिहान ५ बजे बालकलाई बारेकोट–६, ताँसीस्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।बालकलाई बाल निगरानी कक्षमा राखिएको जिल्ला प्रहरी जाजरकोटका सूचना अधिकारी दिनेश तिमल्सिनाले बताए। घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार (चक्कु) बरामद गरिएको प्रहरीले जनाएको छ ।घटनाको प्रारम्भिक अनुसन्धान सकिएको र अब अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया