काठमाडौँ । लगातार घटेको सुनचाँदीको मूल्य बुधबार भने बढेको छ ।

आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो ।

यसअघि छापावाल सुन तोलामा १ लाख ५९ हजार २ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलामा १ हजार ८५५ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया