खोटाङ- खोटाङमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-१२ जालपामा नवजात शिशु मृत अवस्थामा फेला परेको हो।
स्थानीय जसबहादुर राईको घरबाट अन्दाजी ८ सय मिटर पर रहेको बाँसभञ्ज्याङ नजिकै खाल्डो खनेर पुरेको अवस्थामा शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।
शिशु मृत भेटिएको भन्ने जानकारी आएपछि प्रहरी चौकी जालपाको टोली घटनास्थल पुगेको र शिशु मृत अवस्थामा रहेको शिशुको एउटा हातबाहेक सबै कुकुरले खाएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।उत्त हात पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।























