संखुवासभा । संखुवासभाको चैनपुर चितलाङ सडक खण्ड अन्तर्गत पर्ने घुमाउने चौतारामा मोटरसाईकल दुर्घटना हुँदा रुपेश मगरको मृत्यु भएको छ ।
बुधबार बेलुकी करिवन ८. २० तिर प्र-१-०२-०४९।३३३८ नम्बरको बाईकमा संखुवासभाको चैनपुर नगरपालिका २ मयम बाट तिखीढुङ्गा जाने क्रममा पोखरी नजिकै घुमाउने चौतारामा बाईक अनियन्त्रित भई दुर्घटना भएको थियो ।
सो मोटरसाईकलमा सवार चालक २१ बर्षिय रुपेश मगरलाई उपचारका क्रममा बि.पि. मेमोरियल धरान उपचारर्थ लैजाँदै गर्दा बाटैमा निधन भएको छ भने मोटरसाईकलमा सवार मृतकको भतिजा कुमार मगरको हाल बि.पी मेमोरियल प्रतिस्ठान धरानमा उपचार भईरहेको छ ।























