मेष । कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस्, सफलता पाउनुहुनेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। पारिवारिक समस्याहरूको समाधान हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष । आगन्तुकहरूले अलमल्याउँदा कार्यसम्पादन गर्नमा समय लाग्नेछ। कार्यक्षेत्रमा आफ्ना कमजोरी ढाक्न कार्य दोहोर्याएर गर्नुपर्ला। विदेश यात्राको लागि सुनौलो अवसर प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन । नोकरी वा पेशामा ईमान्दारिताको परिचय दिनुहोला। नयाँ योजनाहरूमा लगानी लगाउन सक्नुहुनेछ। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कर्कट । कार्यक्षेत्रमा सानोतिनो कुरा लम्ब्याउनाले विवाद बढ्न सक्ला। अड्किएका कार्य सम्पादन गर्नमा परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
सिंह । कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। पारिवारिक समस्याको समाधान मिल्नेछ। हतार गरेर लिएका निर्णयहरू नोक्सानदायी रहनेछन्। प्रशासनिक क्षेत्रमा कार्य सम्पादन गर्न बाधा आउनसक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कन्या । नयाँ योजनाहरूमा दोहोर्याएर योजनाहरू बनाउनुपर्ने हुन्छ। आफन्तहरूको साथ र सहयोग मिल्ला। आर्थिक पक्ष सामान्य रहनेछ। उद्योग व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
तुला । संगीत र कलाको क्षेत्रमा सम्मान बढ्नेछ। आर्थिक पक्ष मजबुत बन्नुको साथै उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। साझेदारी व्यापारमा नयाँ योजना प्रारम्भ गर्न सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक । आज आफ्नो स्वास्थ्यलाई लिएर सचेत हुनुहोला। कार्यक्षेत्रमा अनुमानित भन्दा धेरै समय लाग्नेछ। कसैसँग झुठो वाचा नगर्नुहोस्। आकस्मिक धनहानिका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
धनु । कार्यक्षेत्रमा विरोधीहरू खुट्टा तान्ने प्रयास गर्नेछन्। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आटेको कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मकर । विवादास्पद मामिलाहरू सुल्झिनेछन्। व्यापार व्यवसायमा पिताको साथ सहयोग मिल्नेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त होला। व्यर्थको आशा देखाउनेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ । व्यापार व्यवसायमा अनुभवको फाइदा लिन सकिएला। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ।
मीन । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ अरुको सहयोग गरेर मन प्रसन्न रहनेछ। विवेकयुक्त विचारले परिस्थिती अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।



















