मेष । व्यापार व्यवसायमा प्रगति हुनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा सानोतिनो बाधाले मन अप्रसन्न रहनेछ। हतारमा लिएका निर्णयहरू परिवर्तन गर्नु पर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
वृष । सम्बन्धमा चलिरहेको वाद विवाद सुल्झीनेछ। शत्रुहरू परास्त हुनेछन्। कार्यक्षेत्रमा भावुकतामा आएर निर्णय नलिनुहोला। मित्रहरूको साथमा रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
मिथुन । परिजनहरूको सहयोगले बिगरिएको कार्य बन्नेछ। यात्रा अलि कष्टदायी रहनेछ। खानपानमा विशेष ध्यान दिनुहोस् साथै पौष्टिक भोजनको सेवन गर्नुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक २ रहेको छ।
कर्कट । कार्यक्षेत्रमा धैर्य र पराक्रममा वृद्धि हुनेछ। घरपरिवारको साथ र सहयोग मिल्नेछ। शेयर बजारबाट मनग्य लाभ मिल्नेछ। शुभचिन्तकहरूको सल्लाहलाई बेवस्था नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
सिंह । नयाँ कार्यको थालनी हुनेछ। समाजमा पद र प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
कन्या । सामाजिक दायित्व पूरा गर्नमा सफलता पाइनेछ। प्रयत्न गरेका कार्य सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। धर्मकर्ममा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
तुला । धैर्य र आत्मविश्वासले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विद्यार्थीहरुलाई शिक्षाको क्षेत्रमा शिक्षकको साथ र सहयोग मिल्नेछ। विशेष सफलताको लागि केही समय प्रतिक्षा गर्नुपर्ने देखिन्छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
वृश्चिक । कानुनी मामलाहरूमा पक्ष मजबुत रहनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। धर्म कर्ममा आस्था बढ्नेछ। नँया कार्यमा जग बसाउन अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
धनु । आज महत्वकाङ्क्षा पूर्ति हुनाले मन आनन्दित रहनेछ। विद्यार्थीहरूलाई पढाइमा धेरै मेहनत गर्नुपर्ने हुन्छ। मित्रहरूको साथ नमिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।
मकर । पुरुषार्थको कामले मनमा उत्साह जगाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्लान् सावधान राहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ । जोखिम लिएर कुनै कार्य प्रारम्भ नगर्नुहोला। प्रतियोगितामा सफलता मिल्नेछ। रोजगार र व्यापारको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसंग घुम्ने योजना बन्ने योग छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ
मीन । कार्यक्षेत्रमा कार्यको सन्दर्भमा उच्चपदासीन व्यक्तिहरूको साथमा सम्पर्क बढ्नेछ। व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त हुनेछ। नयाँ कार्यको थालनीमा पारिवारिक सहयोग मिल्ला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।



















