मेष । धैर्य र पराक्रममा वृद्धि हुनेछ। आँटेको कार्य सम्पादन हुनेछ। पठनपाठनमा मन लाग्नेछ। नयाँ कार्यको थालनी हुनेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
वृष । कार्यक्षेत्रमा आफन्तहरूको सहयोग मिल्नेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा बोलिको प्रभावले प्राप्त भएका अवसरहरू गुम्लान् सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन । कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। अरुले आफ्नो स्वार्थ पूरा गर्न उपयोग गर्लान सजग रहनुहोस्। कीर्तिमान कार्य गर्ने अवसर जुट्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट । वैदेशिक यात्रा सफल रहनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
सिंह । नोकरी वा पेशामा अधिकारी वर्गहरु कार्यबाट प्रसन्न हुनुहुनेछ। सहयोगी वर्गहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
कन्या । रोकिएको कार्य प्रारम्भ हुनेछ। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। आम्दानीका स्रोतहरू बन्नेछन्। चलचित्र वा मिडियाको क्षेत्रमा विशेष सफलता पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
तुला । विद्यार्थी वर्गहरुलाई उच्च शिक्षाको लागि नयाँ अवसर मिल्नेछ। रुचिको कार्य हात लाग्नाले मन आनन्दित रहनेछ। भाग्यको साथ मिल्नेछ। धर्मकर्ममा मन लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक । अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नुपर्ला। प्रतिभाको उच्च मूल्याङ्कन हुनेछ। कानुनी मामलाहरूमा पक्ष कमजोर होला। कृषिमा र पशुधनबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु । साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। विद्यार्थी वर्गहरू समयको वेवास्था नगर्नुहोला पछाडि पर्न सक्नुहुनेछ। स्वास्थ्यमा खानपिनमा सावधानी राख्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
मकर । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। नयाँ नोकरी पाउन सफल हुनुहुनेछ । अध्ययन अध्यापनमा मन लाग्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ । व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा शिक्षकको सहयोग मिल्नेछ। भावनात्मक सम्बन्ध सबल हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मीन । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। साहित्य वा कलाको क्षेत्रबाट लाभ मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ८ रहेको छ ।



















