मेष । आत्मविश्वासमा वृद्धि हुनेछ। धर्मकर्मतर्फ अग्रसर भइनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूबाट सहयोग मिल्ला। इष्टमित्रहरूसँग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

वृष । आँटेको कार्यमा सफलता मिल्नेछ। व्यापारी वर्गहरूलाई व्यापारमा नयाँ लगानीले लाभ मिल्नेछ। नौकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन । पारिवारिक सम्बन्धले नयाँ समस्याहरू निम्त्याउन सक्ला। अप्ठ्यारो कार्यमा मेहनत गर्दा सफलता मिल्नेछ। कार्यक्षेत्रमा विश्वासपात्रबाट विश्वासघात हुने सम्भावना रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट । कार्यक्षेत्रमा एकपछि अर्को अवसर मिल्नेछ। कृषि वा पशुपालनबाट राम्रो आयआर्जन गर्न सकिनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

सिंह । नोकरी वा पेशामा रोकिएका कामहरू बन्नेछन्। सहयोगीहरूबाट सहयोग मिल्नेछ। कानुनी मामलाहरूमा सतर्क रहनुहोला। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या । कार्यक्षेत्रमा नियमित दिनचर्यामा बदलाव हुनाले मन प्रसन्न रहनेछ। बच्चाहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। नयाँ प्रेम प्रसंगमा अविश्वासको भावना जागृत होला सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

तुला । आत्मबलमा वृद्धि हुनेछ। आर्थिक दृष्टिकोणले समय लाभदायक रहेको छ। साहित्य वा लेखन कलामा निखार ल्याउन सक्नुहुनेछ। पारिवारिक सद्भावमा कमी आउला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक । पुराना गरिएका कार्यबाट शुभ सूचना मिल्नेछ। छरछिमेकी र घर परिवारसँग रमाइलो समय बित्नेछ। व्यापारमा थप लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

धनु । लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। पिताको सहयोग मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। सामाजिक परिवेशमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

मकर । मानसिक वा शारीरिक पक्ष सबल रहनेछ। पदस्थ व्यक्तिको साथ र सहयोग पाइनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस। नयाँ कार्यतर्फ अग्रसर भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ । विश्वास पात्रबाट धोखा मिल्ला। कार्यक्षेत्रमा आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोला। स्वास्थ्य सबल रहनेछ तर खानपानमा विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन । आज हजुर ऊर्जावान रहनुहुनेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। जीवनसाथीबाट उपहार मिल्ला। विद्यार्थीवर्गहरू लक्ष्यप्राप्तिको लागि निरन्तर प्रयास गरिरहनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

तपाईको प्रतिक्रिया