मेष । आँटेको कार्यमा सफलता मिल्नेछ। व्यापारी वर्गहरूलाई व्यापारमा नयाँ लगानीले लाभ मिल्नेछ। नौकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ९ रहेको छ।
वृष । कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। धर्म कर्ममा आस्था बढ्नेछ। नँया कार्यको जग बसाउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
मिथुन । पारिवारिक जमघटका योग छन्। आर्थिक प्रयोजनको लागि अतिरिक्त कार्य गर्नुपर्ने हुनसक्छ। प्रेम सम्बन्धमा मनमुटावका योग छन्। कार्यकुशलताको समाजमा चर्चा हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट । नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको कुरालाई बेवास्ता नगर्नुहोला। हतारमा लिएका निर्णयहरू नोक्सानदाई रहनेछन्। राजनीतिक र सामाजिक क्षेत्रमा प्रभुत्व बढ्नेछ। अध्यात्मतर्फ मन लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
सिंह । सुख सुविधामा धन खर्चका योग छन्। कठिन समयमा मित्रको सहयोग गरेर खुसी मिल्नेछ। सम्पत्तिलाई लिएर वादविवाद सुल्झीनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कन्या । नँया नोकरीमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। स्वास्थ्यप्रति सचेत रहनुहोस्। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ९ रहेको छ।
तुला । कार्यक्षेत्रमा कार्यकुशलता वा नेतृत्वले अधिकारी वर्गहरूलाई प्रभावित पार्न सकिनेछ। आयआर्जन सामान्य रहनेछ। सन्तानको प्रगतिले मन आनन्दित रहनेछ। सवारी साधनमा धन खर्च हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक । परिवारमा कुनै कुरालाई लिएर मनमुटाव चलिरहेको छ भने आज सुल्झाउने प्रयास गर्नुहोस्। जीवनसाथी सरकारी क्षेत्रमा हुनुहुन्छ भने पदोन्नतिका योग छन्। व्यापार व्यवसायमा सोचेजस्तो लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु । महत्वकांक्षी लक्ष्य सम्पादनगर्नमा शुभचिन्तकहरूको साथ मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आर्थिक वा सामाजिक स्थिति सुदृढ हुनेछ। प्रशासनिक कार्यहरूमा बाधा आउनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
मकर । योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् राम्रो लाभ रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी पाउनुहुनेछ। समाजिक मानसम्मान बढ्नेछ। स्वास्थ्यले साथ दिनेछ। संगीतको र कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ । कार्यक्षेत्रमा सोचेभन्दा राम्रो सफलताले मन प्रसन्न रहनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। वाक्चातुर्यताले गर्दा कार्य सुल्झिनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मीन । वैदेशिक रोजगारमा सफलता मिल्नेछ। उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछन्। अवसरवादीहरूबाट सावधान रहनुहोला। स्वास्थ्य र खानपिनमा विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।



















