मेष । कार्यक्षेत्रमा सबै कार्य योजनाबद्ध ढंगले सम्पादन गर्न सक्नुहुनेछ। विद्यार्थीवर्गको तार्किक प्रस्तुतिको प्रशंसा हुनेछ। धार्मिक यात्राका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृष । व्यक्तित्वलाई निखार्ने समय रहेको छ। साहित्य र लेखन कलामा विशेष सफलता मिल्नेछ। रोकिएका कार्य प्रारम्भ गर्दा राम्रो सफलता मिल्नेछ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मिथुन । लगनशीलताले आँटेको काम सम्पादन गर्न सकिनेछ। परिवारमा आफूभन्दा साना भाइबहिनीहरूको साथ र सहयोग मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरको लागि दौडधुप गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट । समस्यालाई गम्भीरताले नलिदा अफ्ठ्यारो पर्नसक्छ। कमजोरीलाई इष्टमित्रहरुले ढाक्ने छन्। घर परिवारको आवश्यकपूर्तिमा धन खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह । विशिष्ट व्यक्तिहरूको संघ र सहायताले फाइदा दिलाउनेछ। सानो प्रयत्नले कार्यक्षेत्रमा दिगो कार्य हात लाग्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। भावनात्मक सम्बन्धहरू सबल हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कन्या । स्वास्थ्य सम्बन्धी समस्याले जिम्मेदारी पूरा गर्न गाह्रो हुनेछ। राजनीतिमा नयाँ अवसरहरू मिल्नेछन्। भौतिक संसाधन जुटाउनको लागि फिजुल खर्चदेखि बच्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला । साझेदारी व्यापारबाट लाभ मिल्नेछ। जीवनसाथीसँग सुमधुर समय व्यतीत हुनेछ। विरोधीहरू आफैं पन्छिनेछन्। मेहनतको पूरा फल मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक । मानशिक वा शारीरिक समस्याहरूको सामना गर्नुपर्ला। वैवाहिक जीवनमा जीवनसाथीसँग वादविवाद देखि बच्नुहोस्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। स्वास्थ्यमा सावधानि राख्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु । धर्मकर्म गर्दा भाग्यले साथ दिनेछ। गुप्त शत्रुहरूबाट सावधान रहनुहोस्। कार्यक्षेत्रमा अरुलाई प्रभावित पारेर कार्य बनाउन सकिनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मकर । कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। विद्यार्थी वर्गहरुलाई करियरलाई लिएर चिन्ता रहनेछ। धैर्यले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ । आयस्रोत भढ्नाले आर्थिक पक्ष सबल रहनेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मीन । पुराना वादविवाद सुल्झाउनको लागि मिठो बोलिवचनको प्रयोग गर्नुहोस्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। वित्तीय वा सरकारी संस्थाबाट लाभ प्राप्त होला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

तपाईको प्रतिक्रिया