मेष । प्रेम सम्बन्ध सुमधुर रहनेछ। घरपरिवारमा जग्गा जमिनका मुद्दा मामलाहरू सुल्झिनेछन्। पारिवारिक जीवनमा शुभ समाचार सुन्न मिल्ला। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

वृष । बुद्धिको उपयोगले अधिकार वा प्रतिष्ठा जोगाउन सफल भइएला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन । कार्यक्षेत्रमा अरुमाथि धेरै विश्वास गर्दा धोखा मिल्न सक्ला। पारिवारिक आवश्यकपूर्तिमा धन खर्च हुनेछ। सवारी साधन चलाउँदा ध्यान राख्नुहोला। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट । कार्यक्षेत्रमा अनुभवले आँटेको कार्य सम्पादन गर्न सकिनेछ। राजकीय मामलाहरू सुल्झिनेछन्। भावनात्मक सम्बन्ध सबल हुनेछ। शेयर बजारबाट मनग्य लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह । कार्यक्षेत्रमा आत्मविश्वासमा वृद्धि हुनेछ। घरपरिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्ला। युवाहरूलाई करियरमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

कन्या । कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। अरुको स्वार्थमा उपयोगी भइनेछ सजग रहनुहोला। कीर्तिमान कार्य गर्ने अवसर जुट्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

तुला । कार्यक्षेत्रमा इष्टमित्रहरूको पुरा सहयोग मिल्नेछ। आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। संचित धनमा वृद्धि हुनेछ। सामाजिक दायित्व बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक । विशिष्ट व्यक्तिहरूको सल्लाहलाई ध्यान दिनुहोस्। कार्यक्षेत्रमा चलिरहेको कार्यमा सानोतिनो बाधा उत्पन्न हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु । सामूहिक कार्यमा सबैको सल्लाह लिएर कार्य गर्नुहोला। कार्यक्षेत्रमा लगनशीलताले कार्य गर्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यमा खानपिनमा सजगता अपनाउनुहोस्। व्यर्थको वादविवादमा समय बित्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

मकर । प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। मानसम्मानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा आत्तिएर निर्णय नलिनुहोला। आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। आजको शुभ रंग खैरो भने शुभ अंक ९ रहेको छ।

कुम्भ । मन प्रसन्न रहनेछ। रचनात्मक कार्यमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। पढाइ र प्रेममा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

मीन । कार्यक्षेत्रमा आफन्तहरूको सहयोग मिल्नेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। व्यापार व्यवसायमा बोलिको प्रभावले गर्दा अवसरहरू गुम्लान् सावधान रहनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

तपाईको प्रतिक्रिया