बुढीगंगा गाउँपालिकाको यस वर्षको सार्वजनीक सुनवाई कार्यक्रम असार २२ गते हुने भएको छ ।
बुढीगंगा गाउँपालिकाको आर्थिक सहयोग र विराट टाइम्स मिडिया प्रा.लिको संयोजनमा स्थानीय बुढीगंगा १ मा अवस्थित नरग्राम मा.वीको सभाहलमा आइतबार १ बजे गर्ने तयारी भएको छ ।
गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा बुढीगंगा गाउँपालिकाका , सबै वडा अध्यक्ष, कार्यपालीका सदस्य तथा कर्मचारीहरुको सहभागीता हुनुका साथै विभिन्न दल, समुदाय , संघ संस्थाहरुका व्यक्तीहरुको सहभागीता रहने छ ।
सार्वजनीक सेवाप्रवाह तथा विकास निर्माण, सुसाशन लगायतका विषयमा जनतामाझ जनप्रतिनिधिले गरेका कामहरुको विषयमा जानकारी गराउने उदेश्यले सर्वजनीक सुनवाइ हुने भएको हो । कार्यक्रममा सहभागीहरुले जनप्रतिनिधिलाइ सुशासन,विकास तथा सार्वजनीक सेवा प्रवाह सम्बन्धी प्रश्न गर्न पाउने छन् ।

तपाईको प्रतिक्रिया