काठमाडौं । नेपाल प्रहरीमा ठुलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले एकै पटक ५०९ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षकको जेठ २७ गतेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको विभागले जनाएको छ । लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका र आवश्यकताका आधारमा विभिन्न जिल्ला, वृत्त, इलाका प्रहरी कार्यालय तथा अन्य विभागहरूमा कार्यरत इन्स्पेक्टरहरूलाई नयाँ जिम्मेवारी दिइएको हो ।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार, सरुवा भएका सबै प्रहरी अधिकारीहरूले आगामी असार महिनादेखि सरुवा भएकै कार्यालयबाट तलब र भत्ता पाउने व्यवस्था मिलाइएको छ। प्रहरी प्रशासनमा यस सरुवालाई नियमित प्रशासनिक प्रक्रियाको रूपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया