विराटनगर ।जिल्ला प्रहरी कार्यालय तेह्रथुमले किर्ते दस्तखत गरी बैंक खाताबाट रकम निकासा गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला खेलकुद विकास समिति तेह्रथुमका सदस्य सचिवको किर्ते दस्तखत प्रयोग गरी नेपाल बैंक लिमिटेडमा रहेको रु. २५ लाख ७९ हजार ६ सय ९६ रकम मार्फत अन्य खातामा ट्रान्सफर गरी निकासा गरेको आरोपमा खेलकुद विकास सिमितिका पुर्व अध्यक्ष राजेन्द्र बराललाई पकाउ गरीएकाे जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सुचना अधिकारी प्रहरी निरीक्षक राजा बाबू ठाकुरले बताए ।उहाले खेलकुद विकास सिमितका सदस्य सचिवकाे आफै हस्ताक्षर गरेर निकालेका थिए ।खेलकुद विकास समितिकाे खाता अध्यक्ष र सचिवकाे सयुक्त हस्ताक्षर चल्ने गर्छ । उनले सचिवलाई जानकारी नगराइ पैशा निकालेर आफनाे खातामा जम्मा गरेकाे देखिएकाे ठाकुरले बताए । के प्रयाेजका लागि निकालिएको भन्ने नखुलेको उनले बताए ।उनले गत भदाै ४ गते पैशा निकालेका थिए । मसाउनमा यहाँ कार्यालय सचिव भएर आएकाे थिए ।कृषि विकास वैकमा खाता खाेलेकाे पनि जानकारी गराउनु भएन्। खाता अपडेट गर्दा मैले दुइवटा बैक मात्रै गरेर पठाएकाे थिए उनले भने ।सबै बैककाे चेकहरू उहाले नै राख्ने गरेकाे सम्बामफेकाे दावि छ । समिति विरूद्द अक्तियारमा उजुरी परेपछि भने उनले नक्कली हस्ताक्षर गरेर निकालेकाे खुलेकाे थियाे । गत भदाै २४ गते उनकाे कार्यालय सकिएकाे थियाे । त्यसपछि पनि उनले ५० हजार भन्दा बढी पैशा विभिन्न खाताबाट निकालेकाे सम्बाहाम्फेले बताए । राष्ट्रपति रनिङ शिल्डमा पनि उनी विवादित थिए ।उनले रनिङ शिल्ड नगरी कागज मिलाएर पैसा निकासा गर्न लगाएका थिए ।
बरालविरुद्ध असार ४ गते दस्तखत किर्ते सम्बन्धी मुद्दा दर्ता भएको थियो।
तेह्रथुम जिल्ला अदालतबाट सोही दिन पक्राउ पुर्जी जारी भएपछि प्रहरीले बराललाई पक्राउ गरेका थिए । पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।























