झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् ।
मंगलबार झापामा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सदस्यता अद्यावधिक नगर्नेलाई अब कांग्रेसले नचिन्ने बताएका हुन् ।विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको पूर्वसभापति शेरबहादुर देउवा र शेखर काेइराला पक्षधरले अध्यावधिक नगर्ने अडान लिइहरेका बेला थापाले सदस्यता नविकरण नगरे पार्टीले नचिन्ने बताएका हुन् ।
सदस्यता नविकरण नगर्नेसँग पार्टीबाट औपचारिक रुपमा सम्बन्ध विच्छेद हुने बताए ।‘सबै साथीहरूलाई आग्रह छ, म सबै नेताहरूलाई सम्मान पनि गर्छु । सबै नेताहरूले अधिवेशनमा भाग लिनुपर्छ भन्ने पनि ठान्छु। तपाईँहरू मध्ये कसैले अद्यावधिक गर्नुभएको छैन भने मलाई क्षमा गर्नुहोला, थापाले अगाडि भने, ‘अद्यावधिक नभएको कोही पनि सदस्यलाई नेपाली कांग्रेस पार्टीले सम्मान गर्छ, माया गर्छ, तर पार्टी सदस्यको रूपमा चिन्दैन। चिन्दैन। अब सिस्टमले चिन्दैन।’

तपाईको प्रतिक्रिया