धरान : सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७ दशमलव ४५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ।

लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्दिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँलाई आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट १०७ दशमलव ४५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दुहबीको हिरासतमा राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया