अकबर अलि
दुहबी नगरपालिका–१ स्थित बुढी खोलाबाट अनुमति विपरीत माटो उत्खनन गरी बिक्री भइरहेको आरोपपछि विवाद चर्किएको छ। माटो उत्खनन तथा बिक्रीको विषयमा वडा सदस्य र निर्माण व्यवसायी पक्षबीच नै आरोप–प्रत्यारोप सुरु भएको हो।

स्थानीयका अनुसार दुहबी–१ का वडा सदस्य गुफरान मिया र आलिया कन्ट्रक्सनका सञ्चालक सदाक मियाबीच बुढी खोलाबाट माटो उत्खनन तथा बिक्रीको विषयलाई लिएर विवाद भएको हो। केही दिनयता खोलानाला उत्खनन बन्द रहेको अवस्थामा समेत रातको समयमा माटो काटेर टिपर तथा अन्य सवारीसाधनमार्फत ओसारपसार भइरहेको स्थानीयको दाबी छ।

आर्थिक लेनदेनको विषयलाई लिएर दुई पक्षबीच विवाद बढेपछि आलिया कन्ट्रक्सनका सञ्चालक सदाक मियाले वडा सदस्य गुफरान मियामाथि खोलाबाट माटो उत्खनन गरी बिक्री गरेको आरोप लगाउँदै सम्बन्धित निकायमा उजुरी दिएको बताइएको छ।

यता वडा सदस्य गुफरान मियाले भने आफूले माटो उत्खनन तथा बिक्री नगरेको दाबी गर्दै उल्टै आलिया कन्ट्रक्सनका सञ्चालक सदाक मियाले नै खोलाबाट रातको समयमा माटो निकालेर बिक्री गर्ने गरेको आरोप लगाएका छन्। वडा सद्स्य मियाले सो कुरा आफ्नो फेसबुक मार्फत लेखेर सार्वजनिक गरेका छन ।

स्थानीयले दुहबी–१ प्रास्टोकीस्थित बुढी खोलाबाट सदाक मियाले तथा बुढीगंगा–४ स्थित बुढी खोलाबाट वडा सदस्य गुफरान मियाले माटो उत्खनन गरी बिक्री गर्ने गरेको स्थानीयहरुले आरोप लगाएका छन्।

प्रहरी भन्छ– रातिको समयमा उत्खननको सूचना आएको छ

इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी ईन्चार्ज खडक राईका अनुसार रातको समयमा खोलाबाट माटो उत्खनन गरी चोरी तथा ओसारपसार हुने गरेको सूचना प्राप्त भएको छ। प्रहरीले अब त्यस्ता गतिविधिमाथि निगरानी बढाउने जनाएको छ।

नेमुवा प्रहरीमा वडा सदस्य र कन्ट्रक्सन सञ्चालकको बिवाद यस्तो ।
आलिया कन्ट्रक्सनको नाममा रहेको जेसिवी प्रहरी कार्यालयको नियन्त्रणमा ।

प्रहरी स्रोत अनुसार दुहबी १ का वडा सदस्य गुफरान मिया र आलिया कन्ट्रक्सनका संचालक सदाक मिया बिच आर्थिक लेनदेन र जेसिवी गाडी बारे बिवाद सुरु भएको छ । वडा सदस्य गुफरान मियाले जेसिवी खरिदमा आफ्नो समेत लगानी रहेको दाबी गरेका छन भने आलिया कन्ट्रक्सनका संचालक सदाक मियाले वडा सदस्य गुफरान मियाको जेसिवीमा कुनै खालको लगानी नरहेको भन्दै दाबी गरेका छन । दुबै पक्षको आफ्नो आफ्नो दाबी रहे पछि प्रहरीले दाबी लाई प्रमाणित गर्न दुई दिनको समय दिएको स्रोतको दाबी रहेछन ।

उता सो बिसयमा आलिया कन्ट्रक्सनका संचालक सदाक मिया संग बुझ्दा वडा सदस्यले लगाएको सबै आरोप झुठो रहेको बताउदै
वडा सदस्य गुफरान मियाले बुढी खोला दोहन गरी लाखौंको माटो मोरङको बुढी गंगा गाउँ पालिका वडा नम्बर ४ स्थित नव निर्माणधित रुचि खाद्य तेल उद्योगमा माटो बेच्ने गरेको दाबी समेत गरेका छन ।

खोला दोहनमा कसको संलग्नता छ भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने स्थानीयको माग छ। विशेषगरी जनप्रतिनिधिसमेत जोडिएर आरोप–प्रत्यारोप सार्वजनिक भएपछि सम्बन्धित स्थानीय तह, प्रहरी तथा प्रशासनले स्थलगत अनुगमन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया