काठमाडौँ – हिन्दु धर्मावलम्भीहरुका लागि तुलसी शुद्धता तथा पवित्रताको रुपमा परिचित छ। यसका अनेकौ औषधीय गुणहरुले पनि तुलसी हिन्दु तथा अन्य धर्मावलम्भीहरु माझ परिचित छ।

हिन्दुग्रन्थहरुमा तुलसीलाइ देवी लक्ष्मीको अवतार भनेर विश्वास गरिन्छ । कतिपय हिन्दु अनुयायीहरुमा तुलसीको मन्जरी अति आवश्यक मानिन्छ । खाना खानु अघि मन्जरीलाई खानामा हाली भगवानलाई भोग लगाउने चलन छ।

प्रत्येक वर्ष शुक्लपक्षको एघारौं दिनमा हिन्दु धर्माल्वाम्भीहरुले तुलसीको विवाह भव्यताकासाथ मनाउने चलन छ जसलाई हरिवोधनी वा प्रबोधिनी एकादशी भनिन्छ। हिन्दु क्यालेन्डर अनुसार यो वर्ष तुलसी विवाह  कात्तिक २२ गते शुक्रवार रहेको छ ।

कसले गर्ने तुलसीको विवाह पुजा ?

भगवान श्रीकृष्णको तुलसीसँग विवाह समारोह कुनै पनि परम्परागत हिन्दू विवाह जस्तै भव्यताका साथ मनाउने गरिन्छ। उक्त विवाह समारोह विभिन्न मन्दिरहरूमा वा घरमैपनि धार्मिक विधिका साथ गर्ने चलन छ। यस विवाहको पुजा सबै हिन्दु अनुयायीहरुले गर्ने गर्छन ।यस विवाहको पुजालाई निम्न व्यक्तिहरु गरियो भने विशेष लाभ हुने गर्दछ।

१) अविवाहित महिलाहरु जसले उपयुक्त वर खोजिरहेको भए तुलसीको विवाह पुजा गरे, उक्त समस्या समाधान हुने विश्वास गरिन्छ।

२) महिला जसको विवाह एक वा अर्को कारणले ढिलाइ भइरहेको भए यस विवाह पुजाले लाभ हुने गर्दछ।

३) निसन्तान जोडी जसले सन्तान प्राप्तिका अनेकौ विधी अपनाइरहेको बेला यस विवाह पुजा फाइदा हुने गर्दछ।

तुलसीको विवाहका विभिन्न लाभहरु –

१) तुलसी विवाह पूजाले परिवारमा भइरहेका कुनै पनि अवरोध र दुर्भाग्यहरूलाई हटाउन सहयोग गर्दछ।

२) अविवाहित महिलाहरुले राम्रो वर पाउने योग बन्ने गर्छ ।

३) तुलसीको कन्यादान गर्दा निसन्तान दम्पतीहरुले विशेष आशिष् पाउने गर्छन ।

४) तुलसी विवाह पूजाले घरमा खुशी समृद्धि र धन ल्याउने गर्दछ।

५) पूजा गर्नाले अविवाहित व्यक्तिहरूको लागि विवाहको सम्भावना बढ्ने गर्दछ।

तपाईको प्रतिक्रिया