जोनपुर जिल्लाको जफराबाद थाना क्षेत्रका एक जना जड्याहा पतिले जुवा खेल्दा पैसा हारेपछि पत्नीलाई दाउमा लगाएका थिए । हारेपछि उनका साथीले पत्नीसँग सामूहिक बलात्कार गरे ।

त्यसपछि उनकी पत्नीले प्रहरीमा उजुरी गरिन् तर प्रहरीले उजुरी दर्ता गर्न नमानेकाे पीडितले बताइन् ।  त्यसपछि पत्नी अपमानित भएर माइती गएकी थिइन् ।

त्यसपछि पति पनि ससुराली गए र अबदेखि यस्तो नगर्ने शर्तमा पत्नीलाई लिएर घर फर्किए । घर फर्कने क्रममा फेरि बीच बाटोमै गाडी रोकेर उनका पतिले साथीहरु अरुण र अनिललाई पनि त्यही गाडीमा चढाए । फेरि पनि ती दुवै जनाले जुवामा हारेको कारण पत्नीको बलात्कार गरे ।

तपाईको प्रतिक्रिया