इटहरी / इटहरीबाट १८ बर्षिय युवती सहित एक महिलालाई यौन व्यवसाय गरेको आरोपमा इटहरी प्रहरीले पक्राउ गरेको छ । होटलमा यौन व्यवसाय भइरहेको सुचनाको आधारमा छापा मार्दा उनिहरु सहित दुईजना पुरुष समेतलाई इटहरी ६ स्थित हिमगंगा होटल एण्ड लजबाट शनिबार दिउसो पक्राउ गरिएको हो । पक्राउ परेकी महिलाले अन्दाजी १७—१८ बर्ष उमेरकी ति युवतीलाई प्रयोग गरी यौन व्यवसाय गरेको अनुसन्धानबाट खुलेको इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईले जानकारी दिए ।

ति महिलाले युवती महिनावारी हुदा समेत जवरजस्र्ती यौन कार्यमा लगाएको बताइएको छ । युवतीलाई रोजगारमा लगाईदिन्छु भन्दै ति महिलाले यौन व्यवसायमा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो कार्यमा संलग्न भएको आरोपमा होटलका दुईजना कर्मचारीलाई समेत पक्राउ गरिएको छ । उनिहरु ग्राहक खोज्ने काममा सकृय हुने गरेको प्रहरीको भनाई छ ।

प्रहरी निरीक्षक चौलागाईका अनुसार पक्राउ परेकाहरुको बिषयमा थप अनुसन्धान भइरहेको बताए । यस्तै सोही होटलबाट ४ जोडीलाई समेत नियन्त्रणमा लिइ छाडिएको छ । उनिहरु गर्लफ्रेण्ड ब्याईफ्रेण्ड रहेको र उनिहरुको परिवार बोलाई जिम्मा लगाइएको थियो ।

तपाईको प्रतिक्रिया