भारतको आन्ध्रप्रदेशस्थिग पोकाकल्लुका एकजना सांसदले गाउँलेमा रहेको भूतको डर हटाउन मसानघाटमा सुतेर देखाएका छन ।

निम्मला रामा नायडू नाम गरेका सांसद मसानघाटमा तीन रातसम्म त्यहाँ सुतेका छन् । आफुलाई भोट दिएर जिताउने जनता अझै भूत हुन्छ भन्ने अन्धविश्वासमा रहेकाले उक्त भ्रम हटाउन स्वयम् मसानघाटमा सुतेका हुन । यो घटना केहि समय पहिलेको हो ।

उनको साथमा अन्य कुनै सहयोगी थिए वा थिएनन् कुनै नखुलाईएपनि उनले मसानघाटमै फलामको खाट तथा झुलसहितको ओछ्यान लगाएर तीन रात विताएको भारतीय सञ्चार माध्ययमले लेखेका छन् ।

पुरानो मसानघाटलाई नयाँ आधुनिकीकरण विद्युतिय शवदाह गृह बनाउन खोज्दा स्थानियले भूतका डरका कारण निमार्ण कार्यमा लाग्न डराएकाले बाध्य भएर उक्त कदम चाल्नुपरेको सांसदले सञ्चार माध्ययमलाई बताएका छन् ।

उक्त मसानघाट त्यहाँको प्रसिद्व घाटमध्ये पर्दछ । सांसदले तीन दिनसम्म खानापनि मसानघाटमै खाएका थिए । सांसदले नै मसानघाटमा सुतेपछि त्यहाँ मजदूरले काम गर्न तयार भएको समाचारमा उल्लेख छ । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया