धरैलाइ थाहा नहुन सक्छ कि मानिस हिन्दु धर्ममा किन लाग्छन् भनेर । जस्ले भगवानको विश्वास गर्छ । त्यस्ता व्यक्तिले हिन्दु धर्मसँग जोडिएका सबै कार्यहरूमा विश्वास गर्ने गर्छन् । जसले गर्दा हिन्दु धर्मवालीहरूको जीवन धन्य हुने गर्छ । हिन्दु धर्मअनुसार, यदि आफ्नो घरमा नियमित पूजापाठ गरेमा देवी देवताको वास हुने र  सदैव फलिफाप वा जीवन सुखमय रहने विश्वास गरिनछ  । जसकारण हिन्दु धर्मवालीहरू दिनहुँ जसो पूजा आराधना गर्ने गर्छन् ।

यस्ता कार्य गरेमा भगवानको आर्शीवाद प्राप्त हुन्छ 

तुलसी :हिन्दु धर्म अनुसार, तुलसीलाई शक्तिको प्रतीक मानिन्छ । त्यसैले नियमित जसो तुलसीको पूजा गर्ने हो भने घरमा केही कुराको कमी नहुनका साथै नकारात्मक ऊर्जालाई पनि नष्ट गर्दछ । त्यहि कारण आफ्नो घरमा तुलसीको बिरुवा रोपे राम्रो फल प्राप्त हुन्छ । जुन घरमा पाठ पूजा नियमित रूपमा गरिन्छ । उक्त घरमा कुनै दुःख पीडा नहुने सकारात्मक ऊर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मिक विश्वास छ । त्यसैले आफ्नो घरमा नियमित जसो पूजा गर्ने बानी बसाल्नुपर्दछ ।

मन्दिर :यदि तपाइको घरमा भएको मन्दिरको ढोका पश्चिम दिशा तर्फ फर्केको छ भने त्यसलाई अत्यन्तै शुभ मानिने गरिन्छ । त्यसैले पूजा गर्दा खेरि पनि सोही दिशातर्फ गर्नुहोस् ।

गोबर गाईको गोबरलाई निकै पवित्र मानिने गरिन्छ । महाभारतको अनुशासन पर्वका अनुसार गाईको गोबर महालक्ष्मीको निवास हुने गर्दछ । त्यसैले जुन ठाउँमा गाईको गोबरले पोत्ने गरिन्छ, त्यो ठाउँ पवित्र हुने गर्दछ। साथसाथै माता लक्ष्मीको कृपा पनि मिल्ने गर्दछ।

तपाईको प्रतिक्रिया