
काठमाडौँ – हिन्दु ज्योतिषशास्त्रकाअनुसार हरेक घडी, पल, समय दिनको महत्व हुन्छ। त्यस्तै प्रत्येक दिनलाई ग्रहहरुले प्रभाव पारिरहेको हुन्छ। त्यस्तै मंगलबारको दिन मंगल ग्रहको प्रभाव रहने गरेकाले यस दिनमा गरेका कार्यको नतिजा मध्यम गतिमा आउने गर्दछ। यसदिन नीलो रंगको वस्त्र नलगाउन, उत्तर दिशामा यात्रा नगर्न, ऋण नलिन, विवाह र कन्या विदाई नगर्न ज्योतिषशास्त्रले उल्लेख गरेको पाइन्छ।
यद्धपि यसदिन, जसले देवी पार्वतीका क्षत्रिय (योद्धा) पुत्र कार्तिके पुजा आराधना गर्छ उसका सबै वाधा कष्ट हटेर जाने र कार्तिके को आशिर्वाद सधैव रहने मान्यता छ।त्यसैगरी, यसदिन रातो वस्त्र लगाउनु अत्यधिक लाभदायक हुन्छ। यदि रातो कपडा नभए रातो फुललाई आफूसंग राखेमा भाग्य उदयमा मद्दत पुग्ने गर्छ किनभने हिन्दु ज्योतिसशास्त्रमा मंगलग्रहलाई राता रंगको ईश्वरको रुपमा चित्रण गरिएको छ।
यसकासाथै यसदिन कुनै शुभ काममा घरबाट निस्कनु अघि खानामा हरियो धनियाको प्रयोग गरि खाएमा उच्चतम लाभ हुनेगर्दछ र साथै सेकाएको वा पोलेको भन्टा वा आलु सेवन गर्दा पनि जीवनमा परेका कस्ट र अवरोधहरु निस्क्रिय हुदै जाने मान्यता छ। अन्तत: यसदिन तामाबाट बनेका धातुपनि धान गर्ने चलन छ।














