मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरु उठ्नेछन् । समाजसेवामा जनता सँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नया काम पाउेन तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमि काम गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसि खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई खर्च हुने योग रहेपनि लामो दुरिको यात्रा हुने विदेशी सामानको व्यापार व्यावासाय फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : व्यापार व्यावासाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्र सँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यावसायमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : सामाजिक काम गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : व्यापार व्यावसायमा लगानि नगर्नुनै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्निबिच विवाद बढ्नेछ भने माईति चेलिबिचको सम्बन्धमा फाटो ल्याउँन आफन्तहरुनै लागि पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउँने समय रहेकोछ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा घरायसि समस्या हरु सुल्झाउँन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : एकल तथा साझेदारि व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : कुनै पनि कामलाई पुनह गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागनि गर्नको लागि केहि समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्का लाई बुझ्न नसक्दा केहि समय को लागि टाडिनु पर्ने हुन सक्छ । कुनै पनि बिवादमा सामेल भए हारिने सम्भावन रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : व्यावसाय तथा काम गर्ने बाताबरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा बिशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरि नाम तथा दाम कमाउन सकिनेछ । नया बिचार दिमागमा आउने हुनाले प्रबृधिको प्रयोग गरि व्यावहारमा रुपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाईकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसि सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : पुराना मुद्दाहरुको निर्णय तपाईको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेकोछ । उद्योग तथा व्यापारमा लगानि गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागि फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्याक्तिहरु सँग बिवाद बढ्ने योग रहेकोछ । प्रणय सम्बन्धमा आत्मियताको कमि हुनेछ । कष्टकारक यात्रा नहोला भन्न सकिन्न ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : व्यापार व्यावासायमा बाट मनग्गे आम्दानि हुनेछ भने आम्दानि बढ्ने हुनाले काम गर्न जोस जागर आउनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले मनग्गे धन तथा सम्पति कमाउन सक्नेछन् । पढाई लेखाईमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबा ट आवस्यक सहयोग पाईने हुनदा मन खुसि रहनेछ ।

तपाईको प्रतिक्रिया