इटहरी । सुनसरीको इटहरीमा मासुको चोक्टा अड्केर ८२ बर्षिय बृद्धको मृत्यु भएको छ । इटहरी तालतलैयाका ढुण्डीराज लिम्बुको आईतबार बेलुका मासु खाँदा अड्किएर मृत्यु भएको हो ।

मासुको चोक्टा अड्किएपछी उपचारका लागि लिम्बुलाई इटहरीस्थित एपेक्स अस्पताल ल्याइएको थियो । भोकलकर्डमा अड्किएको मासुको चोक्टा निकालिएता पनि समयमै अस्पताल नल्याएका कारण राति १ बजे उपचारका क्रममा लिम्बुको मृत्यू भएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया