भारतमा ‘अर्जुन पतियाला’ फिल्म रिलिज भएयता त्यसको असर एक नागरिकलाई परेको छ।

जुलाई २६ तारिखमा सो फिल्म रिलिज भएको थियो। त्यसपछि सनी लियोनीलाई खोज्दै भारतका २६ वर्षीय पुनित अग्रवाललाई फोन आउन थालेको हो।

भारतीय फिल्म ‘अर्जुन पतियाला’मा सनी बेबी नरुलाको भूमिकामा देखिएकी थिइन। फिल्ममा बेबी नरुलाले आफ्नो नम्बर भनिन् तर सो नम्बर भने पुनित अग्रवालको थियो।

फिल्ममा त्यसरी नम्बर खुलेपछि रातभरमा एक सयभन्दा बढी फोन आउने गरेको बताए।

‘फोन आएदेखि मैले सपना पनि देख्न छोडें,’ अग्रवालले भने।

फोन रातिदेखि बिहान ४ बजेसम्म पनि आउने उनले बिबिसिलाई बताए। उनलाई भारतको पन्जाव र हरियाणा, इटाली, दुबई, पाकिस्तान र अष्ट्रेलिया त्यस्ता फोन आउँछन्।

सनी पूर्वपोर्नस्टार भएको हुँदा त्यसरी फोन आउनु स्वभाविक रहेको उनले बताए । तर फिल्म बनाउनेले त्यो नम्बर कसैको हो कि होइन भन्ने नजाँचेकोमा उनको गुनासो छ।

फिल्मका निर्देशक रोहित जुगराज चौहानले भने यसबारे बोल्न मानेनन्।

उनले आफ्नो फोन नम्बर धेरै पुराना साथीहरूसँग रहेको र आफ्नो व्यापार पनि त्यही नम्बरले चलेको हुदाँ फ्याक्न भने मानेका छैनन्। उनले पहिले त कसैले ख्यालठट्टा गरेको सोचेका थिए तर फोन आउन रोकिएन।

उनले प्रहरी कार्यालयमा समेत उजुरी हाल्ने प्रयास गरेका थिए तर प्रहरीले कुनै अपराध नभएको भन्दै उजुरी लिन मानेन।

तपाईको प्रतिक्रिया