बीबीसी । पाकिस्तानको एउटा विशेष अदालतले पूर्वसैन्य शासक परवेज मुशर्रफलाई देश द्रो हको अभियोगमा मृ त्यु दण्डको फैसला सुनाएको छ। बीसीसी उर्दूका अनुसार उच्च अदातलका मुख्य न्यायाधीश पनि भएको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रो हको मु द्दामा दो षी ठहर गर्दै मृ त्यु द ण्ड सुनाएको हो।

उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा दे  श द्रो हको मुद्दा लगाइएको डनले लेखेको छ। यो मु द्दा सन् २०१३ देखि विचाराधीन थियो। पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भनेको छ। सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए। डन पत्रिका लेख्छ उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको दे श द्रो हको मु  द्दामा पूर्वसैनिक शासकलाई मृ त्यु द ण्डको सजाय सुनाएको हो।’

मु द्दाको सुनुवाइ हुँदाहुँदै मुशर्रफ सन् २०१६ मार्च महिनामा यूएईको दुबई गएका थिए। उनको अहिले त्यहाँ उपचार भइरहेको छ। केही दिनअघि उनले एउटा भिडिओ सन्देश पठाएर आफ्नो स्वास्थ्य बिग्रिएको भन्दै मु द्दा हेरिरहेको निकायलाई आफ्नो स्थिति हेर्न आउन आग्रह गरेका थिए।

संविधानको अवहेलना तथा ग म्भीर देश द्रो हको मु द्दाबारे टिप्पणी गर्दै उनले आफूविरुद्ध लागेको आ रोपको खण्डन गरेका थिए। मैले यो देशका धेरै सेवा गरेको छु, यु द्ध गरेको छु,उनले भनेका थिए। मुशर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए। द न्यूजका अनुसार मुशर्रफलाई पाकिस्तानको संविधानको धारा ६ अनुसार दो षी ठहर गरिएको हो। द एक्सप्रेस ट्रिब्यूनका अनुसार तीनमध्ये दुई न्यायाधीश मृ त्यु द ण्डको पक्षमा रहेका थिए। सो इजलासमा सेथ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिम रहेका थिए। यो आदेशको पूर्णपाठ ३८ घण्टामा जारी गरिने द एक्सप्रेस ट्रिब्यूनले बताएको छ।

तपाईको प्रतिक्रिया