खोटाङ/  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिकाको १४ माध्यमिक विद्धालयहरुमा विधुतीय हाजिरी जडान गरीएको छ । शिक्षकहरुको नियमित्तालाई विधुतीय हाजिरीमा देखाउन र सोही अनुसार तलब निकासा गर्नका लागि विधुतीय हाजिरी जडान गरेको हो ।

गाउँसभाले विनियोजन गरेको १० लाख बजेटबाट १४ माविमा विधुतीय हाजिरी र सोलार नभएको १० विद्धालयमा सोलार, ब्याट्री र इन्भर्टरको व्यवस्था गरिएको छ ।  याङसोला मावि याङसोला, शान्ती मावि छोरम्बु, शान्ती निकेतण मिनाकर्ण मावि, पञ्चकौशीका मावि, राम्चे निकेतन मावि, सरस्वती मावि डाँडाखर्क, कृष्ण मावि टेम्मा, शान्ती मावि टेम्मा, महेन्द्रोदय मावि याम्खामा विधुतीय हाजिरी, सोलार, ब्याट्री र इन्भर्टर व्यवस्था गरिएको छ । सबै माविमा विधुतीय हाजिरी जडान गरेर सञ्चालनमा आएपछि हाजिरीको आधारमा तलब भुक्तानी हुने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

तपाईको प्रतिक्रिया