मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेका भ्रष्टाचारविरुद्धको आयोगका एकजना अधिकारीले सोमबार पुष्टि गरेका छन् । आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई शनिबार नै पक्राउ गरिएको जानकारी दिएका छन्

मबैवालाई सार्वजनिक कोषको रकमलाई आफ्नो बनाएको सम्बन्धी ६ वटा, मुद्रा अपचलनसम्बन्धी पाँचवटा र जालसाझीसम्बन्धी एउटा मुद्दा पनि लगाइएको उनले जानकरी दिएका छन् । सरकारले केही समय यता भ्रष्टाचारविरुद्ध कडा कदम चालेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया