इटहरी / इटहरीमा चिसोकै कारण एक जनाको मृत्यु भएको खुल्नआएको छ । गाेरखा बेकरी अगाडीकाे बेबिलाेन बाेडिङ स्कुल छेउमा एक जना अपरिचित व्यक्तीकाे शव फेला परेकाे हाे । सडकमा मागी खाने हिड्ने नाम थर नखुलेको एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । बजारमा पनि चहलपहल कम हुँदै गएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुर धेरै समस्यामा परेका छन् । विहानै देखि हुस्सु लाग्दा सर्वसाधरण मजदुरहरुलाइ भने समस्या हुन थालेकोे छ ।

इटहरीमा विहान १७ डिग्री सेल्सिएस रहेको छ । अझै तापक्रम घट्न सक्ने मौसमविदहरुले बताएका छन । आज पनि तराईका धेरै ठाउँमा दिनभर नै हुस्सु लाग्ने सम्भावना छ । अरु ठाउँमा दिउँसोपछि हुस्सु हटे पनि मौसम पूर्णरुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया