रुकुम / रुकुम को आठविसकोट नगरपालिकाको नि. प्रशासकिय अधिकृत श्री राम बहादुर केसी र सुचना प्रविधि अधिकृत श्री गणेश चन्दलाई बुधबार बेलुकी धारिलो हतियार प्रहार भएको छ । कार्यलयको कामकाज सकेर कोठा फर्कने क्रममा हतियार प्रहार भएको हो  ।

हतियारको प्रहारबाट टाउकोमा चोट लागेर घाइते भएका निमित्त प्रमुख अधिकृतको ४ ओटा टाँका लगाइएको छ । उनीसँगै रहेका सुचना अधिकृत पनि घाइते भएको बताइएको छ । आठविसकोट नगरपालिका वडा नं. ३ का    गोपाल वि. क र हरिश वि क ले कोठाको गेटमा बसेर मार्ने उद्देश्यका साथ हतियार प्रहार गरिएको जानकारी आएको छ को।  यसरी कार्यलय अधिकृतहरु दिनदाहडै आक्रमणमा पर्नुले अरु कर्मचारीहरुको सुरक्षा पनि चुनौती हुनुका साथै कार्यलयमा बसेर कार्य सम्पादन गर्न नसकिने अवस्था सिर्जना भएको बताइएको छ । यसरी कानुन विपरित भएको प्रहारको निन्दा गदै कर्मचारीको हक अधिकार र सुरक्षाको प्रत्याभूती तथा कानुनी राज्यको स्थापना गरी दण्डहिनताको अवस्था अन्त्य हुनुपर्ने र दोषीले कानुन बमोजिमको हदैसम्मको कार्वाहीको भागिदार हुनुपर्ने माग गरेका छन् । साथै दोषीलाई कार्वाही नगरे सम्म बिहिबार देखि कार्यलयको सम्पुर्ण काम कार्वाही ठप्प पार्ने भन्दै विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया