काठमान्डाैं / सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो ।
विभागको दाबीलाई जिल्ला सहकारी सङ्घ लिमिटेड काठमाडौँले भने चुनौती दिएको छ । बढी ब्याजदर लिने सहकारीको नाम उल्लेख नगरीकन सङ्घका अध्यक्ष टङ्कप्रसाद चौलागाईंले भने, कोही–कोही सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याजदर लिएका छन, कोहीले त्योभन्दा पनि कम लिएका छन, सैद्धान्तिक रूपमा सन्दर्भ ब्याजदरप्रति हाम्रो विरोध छ । आजको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।