मोरङ्ग/  मोरङ्गको लेटाङ्गमा यहि पौष २५ गते देखि माघ तीन गतेसम्म “प्रथम लेटाङ्ग नगरपालिका प्रदेश स्तरिय च्यालेन्ज कप पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता हुने भएको छ । उक्त फुटबल प्रतियोगिता स्थानिय चिसाङ्ग भ्यालि क्लवको आयोजनामा हुन लागेको हो । क्लवले आइतबार साझआफ्नै कार्यलयमा  पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ ।  लेटाङ्ग नगरीमा खेलकुद पर्यटनको विकास साथै उक्त क्षेत्रमा प्रतिभाहरुको खोजीकार्यलाई सहजता दिलाउने उद्देश्यले आयोजना गर्न लागिएको फुटबल प्रतियोगिता स्थानिय प्रस्तावित बुद्ध रंगशालामा हुने जनाएको छ । अनुमानित १२ लाखको लागतमा सम्पन्न हुन लागेको प्रतियोगितामा आयोजक टिम सहित आठ ओटा टिमले भाग लिन लागेको आयोजकले जनाएको छ । आठ मध्ये मुख्यआकर्षणको रुपमा पाहुना टोली “चर्च व्वाईज फुटबल क्लव“ काठमाण्डौको समेत सहभागिता रहने जनाएको छ । प्रतियोगितामा विजयी टिमले १ लाख ५० हजार नगद सहित ट्रफि प्राप्त गर्ने छ भने उप( विजेताले नगद रु ७५ हजार र ट्रफि प्राप्त गर्ने अध्यक्ष उर्गेन तामाङ्गले बताए । साथै फुटबल खेलका अन्य विधा तर्फ पनि उत्कृष्ठता हासिल गर्ने खेलाडिहरुलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । “स्वास्थ्यको लागि खेलकुद र पर्यटनका लागि खेलकुद “ नारा का साथ स्थापना भएको आयोजक संस्था चिसाङ्ग भ्याली क्लवले संचालन गर्ने यो प्रतियोगिताले आगामि वर्षहरुमा पनि निरन्तरता पाउने जनाएको छ । साथै प्रतियोगिता हेर्न दर्षकले कुनै रकम तिर्न नपर्ने पनि सो अवसरमा जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया