विराटनगर,/ व्यस्त जीवनशैलीका कारण मानिसहरू घरको खानेकुराभन्दा पनि बाहिर सजिलै पाउने प्याकेटका खानेकुरा तथा जंक फुडको अत्यधिक प्रयोग गरिरहेका छन् । यस्ता खानेकुराहरूको सेवन बढेसँगै फलफूल तथा सागसब्जीको सेवनमा कमी आइरहेको छ । फल तथा सागसब्जी भिटामिन, मिनिरल्स तथा माइक्रो न्युट्रियन्टको राम्रो स्रोत हो ।

यी तत्वहरूको कमीले मुटु, मधुमेह, प्रेसर तथा अन्य प्रकारका प्राणघातक रोगहरूलाई बढावा दिने काम गर्छ । साथै, फलफूल तथा सागसब्जीको सेवन नगरेमा कुपोषणको शिकार पनि हुइन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दैनिक प्रयोग गरिने खानामा फलफूल र सब्जीको मात्रा ४०० ग्राम तय गरेको छ ।

विश्वका शीर्ष वैज्ञानिक संस्थाको अध्ययनमा फलफूल तथा सागसब्जीको सेवनमा भएको कमीलाई लिएर चिन्ता बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनले दैनिक फलफूल तथा सागसब्जीको मात्रा ४०० ग्राम तय गरेको हो ।

इन्डियन जर्नल फर मेडिकल रिसर्च (आइजेएमआर)मा प्रकाशित गरिएको नेशनल इन्स्टिच्युट अफ न्युट्रिसियन हैदराबादका वैज्ञानिक कमला कृष्णस्वामी र राजगोपाल गायत्रीको रिपोर्टका अनुसार, दैनिक ४०० ग्राम फलफूल तथा सागसब्जीको सेवनले मधुमेहको खतरालाई २४ प्रतिशत, नसामा रगत जम्ने खतरालाई ११ प्रतिशत तथा हुदयाघातको खतरालाई ११ प्रतिशतले कम गराउने गर्छ ।

तपाईको प्रतिक्रिया