मोरङको धनपालथान गाउँपालिका–४ कर्सियामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परेर स्कुटर चालकको मृत्यु भएको छ ।

विराटनगर–रंगेली सडक खण्डमा भएको दुर्घटनामा को ३८ प १७७ नम्बरको स्कुटरका चालक सुनसरीको दुहवी नगरपालिका–२ का १८ वर्षीय रुपेश चौधरी माझीको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आँउदै गरेको स्कुटरलाई रसायनिक मल बोकेर पूर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।

उनकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका रुपेशको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार दुहवी–७ का १७ वर्षीय चन्द्रप्रकाश चौधरी घाइते भएका छन् । उनको कोशीमै उपचार भइरहेको छ । ट्याक्टरलाई नियन्त्रणमा लिइए पनि चालक सुनवर्षी नगरपालिका–९ डाइनियाका ३५ वर्षीय प्रकाश शर्मा फरार रहेका कारण खोजी भइरहेको जानकारी दाहालले दिए ।

तपाईको प्रतिक्रिया