पुष १४,जिल्ला अदालत सुनसरीले आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई तीन लाख रूपैंया धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

गिरीलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासबाट तीन लाख धरौटीमा रिहा गर्न आदेश भएको हो ।

आइतबारबाट चलेको थुनछेक बहसमाा वादीकोतर्फबाट ८ जना र प्रतिवादीको तर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए ।

बहसमा सहभागी सबै वकिलले कृष्णदासले अनुयायी महिलामाथि बलात्कार गरेको बताउदै त्यसलाई पुष्टि हुने यथोचित प्रमाण भएकाले कानुन अनुसार १० वर्षसम्मको जेल सजाय माग गरेका थिए ।

गिरीको पक्षका ५ जना वकिल मध्ये २ जनाले आइतवार बहस गरेका थिए भने उनीहरुले कृष्णदासलाई फसाउने षड्यन्त्र भएको भन्दै कृष्णदासको बचाऊ गरेका थिए ।

त्यस्तै गिरीको तर्फबाट आज बाँकी २ जना वकिलले बहस गरेपछि अदालतबाट यस्तो आदेश आएको हो ।  पीडित महिलाहरुकोतर्फबाट सरकारी वकिल गोकुलबहादुर निरौला, अन्नत न्यौपाने, अनिल रेग्मी, नवराज बिष्ट र रेणुका राईले बहस गरेका थिए।

तपाईको प्रतिक्रिया