चीन / चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

सो भवनमा स्थानीय समयानुसार सोमबार बिहान ७ः ५५ मा चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकाको फुलिङ जिल्लमा रहेको एक भवनमा आगलागी भएको हाे ।

आगलागीमा  के  कति क्षती भए , कति व्यक्ति घाइते घटनाको बिवरण आउन बाँकी भएको स्थानिय मिडियाले उल्लेख गरेको छ  । आगलागी के कारणले भयो कारण खुल्न नसिकएको र घटनाबारे अनुसन्धान भईरहेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया