पूर्वी नवलपरासी (नवलपुर) र कपिलवस्तुका २ वटा वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी गरिएको छ ।

कावासोती नगरपालिका–१४ को कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिका–३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो ।

आगजनीबाट कावासोती नगरपालिका–१४ को वडा कार्यालयमा रहेका फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यस्तै उता कपिलवस्तुको यशोधरा गाउँपालिका–३ को वडा कार्यालय त आगलागीबाट पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया